चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । कञ्चनपुरको वेदकोट नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित हुनुभएको छ ।

गए राति सम्पन्न मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुशीला सिंहलाई तीन हजार ३३८ मतान्तरले पराजित गर्दै बोहरा नगरप्रमुखमा निर्वाचित हुनुभएको हो । बोहराले आठ हजार ७८ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सिंहले चार हजार ७४० र नेकपा ९एकीकृत समाजवादी० र नेकपा ९माओवादी केन्द्र०बाट गठबन्धनका उम्मेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ मत प्राप्त गर्नुभयो ।

निर्वाचित बोहरा यसअघिको निर्वाचनमा सोही पालिकामा नेकपा ९एमाले०का अशोककुमार चन्दसित पराजित हुनुभएको थियो । कांग्रेसका पूर्व जिल्ला सचिवसमेत रहनुभएका बोहरा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएको छ ।

त्यसैगरी सो नगरपालिकाको उपप्रमुखमा कांग्रेसकै तुलसी जोशी निर्वाचित हुनुभएको छ । उहाँले सात हजार २५४ मत प्राप्त गर्नुभयो । नेकपा ९एमाले०की पार्वती जोशीले पाँच हजार ७२७ र माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार हिरा जैशीले तीन हजार ६५२ मत प्राप्त गरेका छन् ।

दश वटामध्ये वेदकोटमा कांग्रेसले पाँच वडाध्यक्षसमेत जितेको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेले नगरप्रमुख÷उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको थियो ।

महेन्द्रनगर बजारमा भट्ट निर्वाचित

त्यसैगरी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर रहेको वडामा नेपाली कांग्रेसका उम्मेदवार सुशील भट्ट वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । वडा नं ४ बजार क्षेत्रमा प्यानलसहित निर्वाचित भएका भट्टले ७८३ मत प्राप्त गर्नुभयो ।

वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका करनसिंह पालले २५३, एमालेका तेजबहादुर मल्लले १७१ र स्वतन्त्र उम्मेदवार कैलाश चन्दले १३७ मत प्राप्त गरेका छन् । नौ पालिका रहेको कञ्चनपुरमा भीमदत्त, शुक्लाफाँटा, कृष्णपुुर र पुर्नबास नगरपालिकामा मतगणना जारी छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com