चैत्र ३, २०८० शनिबार । March 16, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सप्तरीको शम्भुनाथ नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । प्रमुखमा सो पार्टीका उम्मेदवार जितेन्द्रप्रसाद गुप्ता कलवार विजयी हुनुभएको हो ।

कलवारले पाँच हजार ३९२ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका दीपेन्द्रकुमार चौधरीले चार हजार १४३ मत ल्याउनुभएको छ । विसं २०७४ को निर्वाचनमा एमालेबाट चुनाव लडेका गुप्ता ४४ मत अन्तरले पराजित हुनुभएको थियो । त्यो बेला कांग्रेसका योगेन्द्र चौधरीले दुई हजार ७७८ मत ल्याई गुप्तालाई पराजित गर्नुभएको हो ।

एकीकृत समाजवादीकी अनिताकुमारी चौधरीले उपप्रमुखमा जित हासिल गर्नुभयो । उहाँले ४ हजार ९९८ मत ल्याउनुभयो । चौधरीका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवारले चार हजार २७१ मत ल्याउनुभयो । वडाध्यक्षमा एकीकृत समाजवादीले पाँच, काग्रेसले पाँच तथा जसपा र लोसपाले एक÷एक वडाध्यक्षमा जित हासिल गरेका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com