जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका छन् ।

प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले १६ हजार २१२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सूर्यबहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गर्नुभयो ।

उपप्रमुखमा एमालेकै पूर्णकला चौधरी निर्वाचित हुनुभएको छ । चौधरीले १६ हजार १२२ मत प्राप्त गरी निर्वाचित हुँदा उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी टीककुमारी महतोले १४ हजार ६२४ मत प्राप्त गर्नुभयो । पन्ध्र वडा रहेको मध्यविन्दुमा १० वडामा एमाले तथा पाँचमा कांग्रेस निर्वाचित भएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com