मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेशप्रसाद यादवले तीन हजार १६४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँ निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष लिलम्बर यादवले दुई हजार ८११ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका रेणुकुमारी मण्डलले तीन हजार ३६५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपानेपालका उम्मेदवार उषाकुमारी साहले तीन हजार ४६ मत प्राप्त गर्नुभयो ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com