काठमाडौं । उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिका वडा नं. १ मा माओवादीका जनदीप थापा मगर विजयी भएका छन् । जनदीप थापा मगर लिम्चुङबुङ गाउँपालिका वडा नं. १ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
मजदुरको हकहितमा लाग्दालाग्दै राजनीति सुरु गरेका थापा मगर लामो समयदेखि नियमित स्थानीय तहमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए । उनी वाइसिएल जिल्ला कमिटी सदस्य, लिम्चुङबुङ गाउँपालिकाको वाइसिएल इन्चार्ज र वडा पार्टीको अध्यक्षको जिम्मेवारीमा समेत रहेका छन् ।
युवा जोससँगै राजनीतिमा सक्रिय उनी इमानदार नेता र समाजसेवीका रुपमा चिनिन्छन् । सधैं शोषित, पीडित जनताका पक्षमा आवाज बुलन्द गर्ने उनले स्थानीय स्तरमा जनप्रेमी नेता र स्पष्ट वक्ताका रुपमा पहिचान बनाएका छन् । त्यसकारण पनि मगरलाई २०७९ को स्थानीय निर्वाचनमा लिम्चुङबुङ गाउँपालिका वडा नं. १ का जनताले अध्यक्षको जिम्मेवारी सुम्पिएका छन् ।
प्रतिक्रिया