मंसिर १७, २०७९ शनिबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । महोत्तरीको महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र उपाध्यक्ष पदमा जनता समाजवादी नेपाल (जसपा) ले विजयी प्राप्त गरेको छ ।

तमलोपाका दिलीपकुमार पाण्डेयले दुई हजार ३३६ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका अजयजङ्ग रायले दुई हजार २०८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले बताउनुभयो ।

यसैगरी उपाध्यक्ष पदमा जसपाकी दिपोदेवी पासवानले दुई हजार ६४ मत प्राप्त गरेर विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तमलोपाकी ललितादेवी साहले एक हजार ९९१ मत प्राप्त गनुभएको छ ।

जिल्लाको तीनवटा पालिकाको मतगणना सम्पन्न भइसक्दा नेपाली कांग्रेस एक, नेकपा नेकपा ९एमाले ० एक र तमलोपाले एक जितेका छन् ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com