चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पाल्पाको बगनासकाली गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का सरस्वती दर्लामी ९चिदी० निर्वाचित हुनुभएको छ । निवर्तमान गाउँपालिका उपाध्यक्षसमेत रहनुभएकी उहाँ छ हजार ४६६ मतसहित अध्यक्षमा विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिता अधिकारीले पाँच हजार ६३३ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि एमालेबाटै हरिप्रसाद पाठक निर्वाचित हुनुभएको छ । पाँच हजार ८७३ मतसहित उहाँ विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेले चार हजार ७७८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रवि न्यौपानेले जनकारी दिनुभयो । बगनासकालीको ९ वडामध्ये १, ६ र ९ मा कांग्रेसले र बाँकी सबैमा एमालेका उम्मेदवारले जितेको छ । यहाँ २०७४ को निर्वाचनमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमालेबाट निर्वाचित भएको थियो । यससँगै जिल्लाको रम्भा गाउँपालिकाबाहेक नौ पालिकाको मतगणना कार्य सकिएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com