माघ १६, २०७९ सोमबार । January 31, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित



काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार सूर्यबहादुर कुँवर र उपाध्यक्षका भगवती शर्मा विजयी हुुनुभएको छ । निर्वाचन अधिकृत विश्वप्रसाद रेग्मीका अनुसार कुँवरले चार हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका डोलराज पोखरेलले चार हजार ७४६ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा भगवती शर्माले चार हजार ९३७ मत ल्याएर विजयी हुँदै गर्दा माओवादी केन्द्रका थमबहादुर गुरुङले तीन हजार ६७६ मत प्राप्त गर्नुभयो । आठ वटा वडा रहेको गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित तीन वडाध्यक्षमा एमाले, चार वडाध्यक्षमा कांग्रेस र एउटा वडाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । गत २०७४ सालको स्थानीय निर्वाचनमा बिरुवा गाउँपालिकामा एमालेले अध्यक्ष, उपाध्यक्षसहित बहुमत वडा जितेको थियो ।

बिरुवा गाउँपालिकामा कूल १६ हजार ५९९ मतदाता रहेकामा १० हजार ४६० मत खसेको थियो । कूल मतदाताको ६३।०२ प्रतिशत मत खसेको बिरुवामा चार हजार ९८२ पुरुष र पाँच हजार ४७८ महिलाले मतदान गरेका निर्वाचन अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com