चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । गत जेठ ३० गते भएको निर्वाचनमा बाराको परवानीपुर गाउँपालिकामा नेकपा ९एमाले० विजयी भएको छ । एमालेबाट अध्यक्षमा रामक्षेत्री पटेल र उपाअध्यक्षमा सुगान्धीदेवी कानु विजयी हुनुभएको हो ।

विजयी क्षेत्रीले दुई हजार ९१७ मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम प्रतिद्वन्द्वी लोसपाका जयनारायण महतोले दुई हजार ४४३ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विजयी कानुले तीन हजार २३२ मत प्राप्त गर्नुभएकामा सावित्री देवीले दुई हजार ३८७ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी करैयामाई गाउँपालिकामा जनता समाजवादी पाटी धेरै मतान्तरले अध्यक्ष पदमा विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार शम्भुप्रसाद यादवले पाँच हजार ५९८ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भुनेश्वर धामीले तीन हजार ४०० मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा सोही पाटीकी सुनैनादेवी चौधरीले पाँच हजार ४३९ मत ल्याई निर्वाचित हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै चित्रलेखा चौधरीले तीन हजार १७२ मतमा चित बुझाउनुपरेको छ । योभन्दा अगाडि अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका धामी र चित्रलेखाले जित्नुभएको थियो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com