चैत्र १६, २०८० शुक्रबार । March 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी हुनुभएको छ ।

नेकपा एमालेका ओम नारायण खनाललाई दुई हजार ८९५ मतान्तरले पछि पार्दै उहाँ गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको हो । केरुङले छ हजार ६५० मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिद्वन्द्वी खनालले तीन हजार ७५५ मत ल्याउनुभएको छ । यसैगरी नेकपा (एकीकृत समाजवादी) का नारायण लावतीले ५०५ मत ल्याउनुभएको छ ।

त्यस्तै गाउँपलिकाको उपाध्यक्षमा नेकपा एमालेका दिलकुमारी लिम्बू ९लावती०ले चार हजार ४५० मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सुकबहादुर लावतीले तीन हजार ४४२ मत ल्याउनुभएको हो ।

सो गाउँपालिकामा कूल १८ हजार ५८० मतदातामध्ये १२ हजार ८९४ मत खसेको थियो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com