चैत्र १३, २०७९ सोमबार । March 27, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाह र उपप्रमुख पदमा सुनिता डङ्गोलको अग्रता जारी रहेको छ । हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिनुभएका शाहले नौ हजार ४९९ मत ल्याएर आफ्नो अग्रता कायम राख्नुभएको छ।

उपप्रमुखमा भने नेकपा एमालेका डङ्गोलले नौ हजार ८१५ मत प्राप्त गरी अग्रस्थानमा रहनुभएको छ । त्यसैगरी प्रमुख पदकै उम्मेदवार एमालेका केशव स्थापितले पाँच हजार १९६ र नेपाली कांग्रेसका सिर्जना सिंहले चार हजार ५४० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँका प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उपप्रमुखमा नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले दुई हजार ७८४ मत प्राप्त गर्नुभएको छ । हाल प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा छ स्थानबाट कामपाको मतगणना कार्य भइरहेको छ । अहिले वडा नम्बर ३, ४, ५, ६, ७, ३०, ३१ र ३२ को मतगणना कार्य जारी छ ।

वडा नम्बर १ र २ को मतपरिणाम यसअघि नै सार्वजनिक भइसकेको छ । परिणामअनुसार वडा १ मा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ, २ मा एमालेकै तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । हाल कामपामा २५ हजार ९४ मतणाना भइसकेको छ । जसमा ८८२ मत बदर भएको छ । कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशत मतदाताले मतदान गरेको आयोगको भनाइ छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com