चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बवीकुमार राईले आठ हजार २५३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरेन्द्रप्रसाद ढुङ्गेल चार हजार ९१६ मत प्राप्त गर्नुभएको थियो ।

शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत सो गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा ९माओवादी केन्द्र०का दिनेश पौडेल पाँच हजार ६२६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी एमाले निर्मल राईले पाँच हजार ४५५ मत प्राप्त गर्नुभएको थियो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com