चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तह निर्वाचनको जारी मतगणनामा गोकर्णेश्वर वडा नं ५ को मत गनिसक्दा कांग्रेस नेकपा (एमाले) लाई ३०० बढी मतले पछि पार्दै अघि लागेको हो । नगरपालिकाको वडा नं ३ सम्मको मतगणनामा एमाले अघि थियो । वडा नं ४ को मतगणनामा कांग्रेसले मतान्तर घटाएको थियो ।

कांग्रेसका दीपक रिसालले छ हजार २६२ मत पाएका छन् । भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उद्धव विष्टले पाँच हजार ८६२ मत पाएका छन् । उपप्रमुखमा पनि कांग्रेसकै अग्रता छ । कांग्रेसकी शान्ति नेपालले पाँच हजार ८५२ मत पाउनुभएको छ । उहाँलाई पछ्याउँदै एमालेका सान्नानी लामाले पाँच हजार ८३६ मत पाएका हुन् ।

वडा नं ६ को अध्यक्षमा सुवेदी विजयी

वडा नं ६ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार नारायणबहादुर सुवेदी निर्वाचित हुनुभएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जनाएका छन् । उनी एक हजार ७५५ मत ल्याएर विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार तारा पुडासैनीले ८१४ मत पाएकी छन् । सुवेदी प्यानलसहित निर्वाचित भएका छन् ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । जसमध्ये २४ हजार २४२ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७१।३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगरप्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजय हासिल गरेको थियो । यसपटक भने कांग्रेसले विगतमा जितेको नगरपालिकाको वडा नं १ र ३ मा हारेको छ । दुवै वडामा एमाले प्यानलसहित विजयी भएको छ । नगरपालिकाका नौवटा वडामध्ये चारवटा वडाको परिणाम सार्वजनिक भइसकेको छ ।

नगरपालिकाको वडा नं २ मा पनि एमाले प्यानलसहित विजयी भएको छ । वडा नंं ४ मा भने कांग्रेसका बागी उम्मेदवार वडाध्यक्ष पदमा निर्वाचित भए । वडा सदस्यमा भने तीनवटा पदमा कांग्रेस र एउटा पदमा एमाले विजयी भएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com