आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेसले प्यानलैमा विजय हासिल गरेको छ । यहाँ कांग्रेस वडादेखि पालिकासम्म विजयी भएको हो ।

हेमराज चटौत २ हजार ३११ मतसहित अध्यक्षमा विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका रामबहादुर शाहीले १ हजार ७८ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै पुष्पा ठकुराठी २ हजार ३४८ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मतमात्र प्राप्त गरेकी छन् ।

पाँच वडा रहेको भागेश्वरमा चार वडामा कांग्रेस विजयी भएको छ । एउटा वडा भने स्वतन्त्र उम्मेदवारले हात पारेका छन् ।

१ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट ३५४ मतका साथ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रामबहादुर ठकुरीले ३०८ मत ल्याए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com