माघ २०, २०७९ शुक्रबार । February 3, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणले भगवान गौतमबुद्धको जन्मस्थललाई विश्वभर थप परिचित तुल्याउन मद्दत पुगेको बताएका छन् ।

लुम्बिनीमा २५६६औँ बुद्धजयन्ती मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्रीको विगतको मुक्तिनाथ, पशुपतिनाथ, जनकपुर लगायतका भ्रमणले दुवै देशका जनताबीचको साँस्कृतिक समबन्ध थप बलियो भएको बताए छन् ।

मोदीको भ्रमणले दुई देशबीच ऐतिहासिक कालदेखिनै सामाजिक, धार्मिक, साँस्कृतिक र परम्परागत सम्बन्धलाई थप प्रगाढ बनाएको प्रष्ट्याए ।

गौतमबुद्धको दर्शनले दुवै देशका नागरिकलाई प्रभावित पारेको बताउँदै संस्कृतिक सम्बन्ध पनि थप बलियो बनेको ठोकुवा गरे ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com