चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडाभोजपुरको आमचोक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अशोक राई निर्वाचित हुनुभएको छ । राई तीन हजार ६८६ मतसहित विजयी हुनु भएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वसन्त राईले तीन हजार २५८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा पनि माओवादीकै सीता राई तीन हजार ५६१ मतसहित निर्वाचित बन्नुभ भएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ शेर्पाले तीन हजार २२४ मत प्राप्त गर्नुभएको छ ।

गाउँपालिकाको वडा नं १ को वडाध्यक्षमा कांग्रेसका निम्नुरी शेर्पा र वडा नं २ मा रामबहादुर खड्का विजयी हुनुभएको छ । वडा नं ३ मा एमालेका गोपाल राई र वडा नं ४ मा नेत्र खत्री विजयी बन्नुभएको छ । माओवादी केन्द्रबाट वडा नं ५ मा रामप्रसाद राई, वडा नं ६ मा बमबहादुर बस्नेत, वडा नं ७ मा नवीन राई, वडा नं ८ मा सन्तोष राई र वडा नं ९ मा रोशन मगर निर्वाचित हुनुभएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com