चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

कुम्मायक गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका बमप्रसाद लावती र उपाध्यक्षमा माओवादी केन्द्रमा महेन्द्रबहादुर खड्का विजयी हुनुभएको हो । अध्यक्ष पदमा लावतीले तीन हजार ५७ मत प्राप्त गर्दा एमालेका सम्बाहाम्फेले दुई हजार ९०० मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा खड्काले दुई हजार ७५८ मत प्राप्त गर्दा आचार्यले दुई हजार ७२४ मत प्राप्त गर्नुभयो ।

यहाँ राप्रपाले अध्यक्ष पदमा २३३ र उपाध्यक्ष पदमा २२६ मत प्राप्त गरेको छ । यहाँअध्यक्ष पदमा ५०० तथा उपाध्यक्ष पदमा एक हजार १२ मत बदर भएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com