आश्विन ९, २०८० मंगलबार । September 26, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा नेपाली कांग्रेसबाट युकहाङवीर हाङ्गाम (डम्बर) विजयी हुनुभएको छ । उहाँले दुई हजार ८६९ मत प्राप्त गरी नेकपा (एमाले)का केदारजंङ्ग जोङवाङलाई ९९ मतान्तरले पराजित गर्नुभएको हो।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपाध्यक्षमा दुई हजार ५९८ मतले नेकपा ९एकीकृत समाजवादी०का दुर्गाप्रसाद चोङबाङ विजयी हुनुभएको छ । उहाँकोे निकट्तम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पाले एक हजार ६५७ मत प्राप्त गर्नुभएको थियो ।

मेरिङदेनको छ वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेकोे छ भने ४ नं मा कांग्रेस र ३ नं मा गठबन्ध दलका उम्मेदवारले विजयी हासिल गरेका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com