चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

विराटनगर । स्थानीय तहको निर्वाचन अन्तर्गत विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ५१८३ मत प्राप्त गरेका छन् । निकतम प्रतिद्वन्द्वी एमालेका सागर थापाले ३६६७ मत ल्याउँदा कोइराला र थापाबीचको मतान्तर १५१६ भइसकेको छ ।

यस महानगरमा हालसम्म १६९४० मत गणना भएको छ । मेयर पदमै उठेका राप्रपाका प्रह्लादप्रसाद साहले ८३२ मत ल्याएका छन् ।

उपमेयर पदमा भने नेकपा (एमाले)की शिल्पा कार्कीले ४१८२ मत ल्याएकी छिन् भने गठबन्धनका जनता समाजवादी पा‍र्टी ९जसपा०का अमरेन्द्र यादवले ३०८८ मत प्राप्त गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवका छोरासमेत रहेका उनी एमालेभन्दा १०९४ मतले पछाडि छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com