चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी विश्व समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढाउन सकिने बताउनुभएको छ ।

गौतबुद्धको ज्ञानको सान्दर्भिकता समकालीन विश्वमा अझ बढेर गएको बताउँदै उहाँले बुद्धका विचार विश्व शान्ति र मावन कल्याणका लागि आज पनि उत्तिकै महत्व रहेको बताउनुभएको छ ।

बुद्धजयन्तीकै अवसर पारेर बुद्धको जन्ममूमिमा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनुले आफू अत्यन्त खुसी भएको जनाउँदै उपराष्ट्रपतिले यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी उपराष्ट्रपति पुनले किराँत राई समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गर्नुभएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com