जेष्ठ १४, २०८० आइतबार । May 28, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

दोलखा । भीमेश्वर नगरपालिका वडा नं. १ मा नेपाली कांग्रेस अध्यक्षसहित तीन सदस्य र गठबन्धनका एक सदस्य गरी प्यानलनै विजयी भएको छ । यस वडामा विगत ३० वर्षे नेकपा एमालेको इतिहास मेट्दै नेपाली कांग्रेसको उदय भएको हो ।

विजयी हुनेमा अध्यक्ष माधव थामी, सदस्य बालकृष्ण राय क्षेत्री, सदस्य गठबन्धनतर्फका गंगाबहादुर थामी, महिला सदस्य निशा थामी, दलित महिला सदस्य विष्णुमाया खाती रहेका छन् ।

भीमेश्वर नगरपालिका वडा नं. १ मा विगत ३० वर्षदेखि एमालेले एकछत्र राज गर्दै आएको थियो । ३० वर्षपछि उक्त वडा नेकपा एमालेको कब्जाबाट नेपाली कांग्रेसको पोल्टामा आएको छ । यसले पनि नेकपा एमालेप्रति जनता कति रुष्ठ छन् भन्ने प्रमाणित गर्दछ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com