मंसिर १४, २०७९ बुधबार । November 30, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । जुम्लाको तिला गाउँपालिकामा माओवादी केन्द्रका मोतिलाल रोकायाले अध्यक्ष पदमा अग्रता बढाउनुभएको छ । नेकपा ९माओवादी केन्द्र० का मोतिलाल रोकायाले ५२४ मत पाउँदा नेपाली कांग्रेसका एकराज उपाध्यायले २८४ मत पाउनुभएको छ ।

त्यस्तै एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रेशमबहादुर शाहीले २५६ मत पाउँदा नेपाल मजदूर किसान पार्टीका धनबहादुर रावतले दुई मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि माओवादी केन्द्रकी गोरीकला बुढाले ५५२ मत पाउँदा कांग्रेसकी सुष्मा श्रेष्ठ रोकायाले २८१ र एमालेकी जुनमाया बोहोराले २३९ मत पाउनुभएको छ ।

त्यसैगरी यस गाउँपालिका–१ को वडाध्यक्षमा माओवादी केन्द्रका जंगबहादुर बस्नेत विजयी हुनुभएको छ । उहाँ ३४६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मिनबहादुर रावलले जानकारी दिनुभयो ।

त्यस्तै २ नं वडामा नेपाली कांग्रेसका चन्द्रबहादुर बोहोरा वडा अध्यक्षमा विजयी हुनुभएको छ ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com