चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गर्नुभएको छ । राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाउनुभएको छ ।

उपप्रमुखमा जसपाका कमरुद्दिन राईले एक हजार ४४२, राप्रपाकी विन्दु चर्तीमगरले एक हजार ८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गर्नुभएको छ । वडा नं २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा रहेका ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो । मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिनुभयो ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com