आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

दार्चुला । दार्चुला जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ६ बाट अध्यक्षमा नेकपा एमालेका सन्तोस कोट्टारी विजयी भएका छन् । उनी २२९ मत प्राप्त गरेर भएका हुन् ।

यसअघि पत्रकारितामा सक्रिय रहेका कोट्टारीले राजनीतिक सफलताका लागि देखेको पहिलो सपना पुरा गरेका छन् । पत्रकार महासंघ दार्चुलाको उपाध्यक्ष त्यसै गरी दार्चुलाको चर्चित रेडियो नयाँ नेपाल एफएमको समाचार प्रमुख भएर पनि उनले यसअघि काम गरिसकेका छन् ।

बैसाख ३० गतेको निर्वाचनबाट सक्रिय राजनीतिमा देखिएका कोट्टारी दार्चुलाकै कुशल पत्रकारको रुपमा चिनिन्थे । बिपक्षी गठबन्धनका बाबजुद पनि कोट्टारी निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा भने गठबन्धनका उम्मेदवार ठूलो मतान्तरले अगाडि छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com