चैत्र १०, २०८० शनिबार । March 23, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार उहाँले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नुभएको हो ।

मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताउनुभयो ।

कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले लोकतन्त्रलाई सुदृढ बनाउन निर्वाचन महत्वपूर्ण भएकाले आफ्नो मताधिकार प्रयोग गर्न आम मतदाताई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “ गठबन्धन देशको आवश्यकता हो ।”

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com