आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत उहाँले सो केन्द्रबाट मताअधिकार प्रयोग गर्नुभएको हो ।

जिल्लाको चारवटै नगरपालिकामा शान्तिपूर्णरुपमा मतदान जारी छ । जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com