चैत्र १५, २०८० बिहिबार । March 28, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गर्नुभयो ।

उहाँले स्थानीय तह निर्वाचन अन्तर्गत सो केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्र्दै उहाँले आफूले रोजेको र खोजेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न आग्रह गर्नुभयो ।

यस्तै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सूर्योदय नगरपालिका–९ करफोकस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com