माघ १७, २०७९ मंगलबार । January 31, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गर्नुभएको हो ।

यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित उदय माध्यामिक विद्यालयबाट मतदान गर्नुभएको छ । माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि गोरखाको सिरानचोक गाउँपालिकाको जौवारीस्थित परोपकार आदर्श माध्यामिक विद्यालय केन्द्रबाट मतदान गर्नुभएको छ ।

माओवादी नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले धनुषाको सबैला नगरपालिकास्थित रामप्रसाद मावि केन्द्रबाट मतदान गर्नुभएको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com