फाल्गुन १६, २०८० बुधबार । February 29, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । कञ्चनपुरका नौवटै पालिकामा रहेका मतदान केन्द्रमा मतदान जारी रहेको छ ।मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले यहाँका ३४१ वटै मतदान केन्द्रमा मतदान जारी रहेको बताउनुभयो ।

मतदानस्थलभित्र र बाहिर सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षामा विशेष ध्यान दिएका छन् । जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्रीद्वय रमेश लेखक, एनपी साउँद, नेकपा ९माओवादी केन्द्र०की नेत्री एवं पूर्वमन्त्री विना मगर सहित यहाँका तीन निर्वाचन क्षेत्रबाट निर्वाचन सांसदले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गर्नुभएको जनाइएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com