चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौैं । वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा सिर्जना सिंहले काठमाडौं महानगर पालिकाको मेयर पदमा उम्मेदवारी दिएकी छन् । सिंह स्वच्छ, स्वस्थ, सुरक्षित, सुन्दर, सभ्य, भ्रष्टाचाररहित, सुसंस्कृत र सुशासनयुक्त काठमाडौं बनाउने मूल नाराकासाथ चुनावी मैदानमा उत्रिएकी हुन् ।

सिंहले आफू  काठमाडौंको मेयर भएपछि गर्ने ७ वटा संकल्पन अगाडि सारेकी छन् । त्यसमा दिगो पर्यावरण संस्कृति र सम्पदासहितको सृजनशील महानगरवासी बनाउने उद्घोष गरेकी छन् । काठमाडौंमा आयोजित बुद्धिजीवी, मानवअधिकारवादी, समाजसेवी र सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा हिंहले यस्तो बताएकी हुन् ।

कार्यक्रममा उनले समृद्ध भइसकेको काठमाडौं सहरलाई थप व्यवस्थित र मर्यादित बनाउने बताइने ।  सिंहले ठूला सपना देखाउने भन्दा पनि गर्न सकिने र गर्नैपर्ने कामको सूची आफूसँग रहेकाले सम्बन्धित सबैसँग सल्लाह, सुझाव र सहकार्य गरेर अगाडि बढ्ने बताइन् ।

काठमाडौंको फोहोर घर–घरबाटै व्यवस्थापन गर्न सकिने विज्ञहरुको सुझाव रहको बताउँदै यसलाई बिनाकारण ठूलो समस्या बनाइएको समेत बताउन भ्याइन् । त्यसैगरी भ्रष्टाचारमुक्त सहर बनाउनेदेखि डिजिटल प्रविधिको प्रयोग गरेर घरमै सेवाग्राहीलाई सेवा उपलब्ध गराउन सकिने प्रतिवद्धता व्यक्त गरिन् । त्यसैगरी काठमाडौंलाई सुरक्षित बनाइमध्यरातमा पनि हिड्डुल गर्न सकिने वातावरण बनाउनेसमेत सिंहको प्रष्टोक्ति छ ।

काठमाडौं ७७ वटै जिल्लाकवासीको साझा महानगर भएकाले सबैको सुरक्षा गर्ने जिम्माआफूले लिने सिंहले बताइन् । ‘काठमाडौंमा बसोवास गर्ने महिला हुन् कि पुरुष सबैलाई आत्मनिर्भर बनाउने मेरो दायित्व हो,’ सिंहले भनिन् । अब काठमाडौंमा पार्क, पोखरी बन्छन्, खुल्ला मैदान सुरक्षित हुन्छन्, सिंहले भनिन् ।

महानगरले ३२ वटै वडामा जेष्ठनागरिक भवन, पार्क बनाउने व्यापारिक कम्लेक्स नबनाउने, त्यो जिम्मा निजी क्षेत्रलाई दिने बताइन । यसअघि महानगरको सार्वजनिक जग्गा व्यापारिक कम्लेक्स बनाएर सक्ने काम भएकाले अब त्यो हुन नदिने सिंहले बताइन । त्यस्तै काठमाडौं २४ सै घण्टा खुल्ला राखेर चुस्तदुरुस्त यातायात सेवा उपलब्ध गराउनेमा जोड दिइन् ।

सार्वजनिक यातायातको समस्याले निजी सवारी बढेर ट्राफिक जामको समस्या अत्याधिक बढेकाले त्यसलाई व्यवस्थित गर्ने सिंहले बताइन् । त्यसैगरी सडक सुधार गर्न सबैसँग सहकार्य गरेर धुलो र हिलोरहीत काठमाडौं बनाउन आफ्नो सक्रियता रहने बताइन् । त्यसैगरी फुटपाथको समस्या समाधानका लागि विशेष जोड दिने प्रष्ट्याइन् ।

त्यसैगरी काठमाडौंका सार्वजनिक स्थलमा खानेपानी, शौचालय निःशुल्क व्यवस्था गर्ने, युवाहरुको लागि रोजगारमुखी सीपयुक्त शिक्षामा जोड दिने । विदेसिने युवालाई सीप र क्षमताको आधार रोजगारी सिर्जना गरी स्वदेशमै रोक्ने, खेलकुदमा आकर्षित गराउने पनि सिंहले बताइन् । साथै निवर्तमान उपमेयर हरिप्रभा खड्गीले विकासको लागि ‘नेतृत्वमा महिला हुनुपर्छ’ भनेर आवाज उठाउँदै आएको बताउँदै अहिले काठमाडौंमा कांग्रेस पार्टीले सिर्जना सिंहलाई अगाडि सारेकाले हार्ने छुट नरहेको स्पष्ट पारिन् ।

कार्यक्रममा सिंहले कागमती, विष्णुमतिलगायत सहायक नदीका करिडोर अवधारणा पूर्व मेयर पीएल सिंहले ल्याएको बताताइन् । त्यसैगरी नयाँ बसपार्क पनि पीएलले बनाएको तर केशव स्थापित २०५४ सालमा मेयर हुँदा बिनाप्रतिस्पर्धा ४५ वर्षको लागि दिएकाले अहिलेसम्म सोही समूहको सङ्गुलमा रहेको बताउन भ्याइन् ।

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले ‘सिर्जना सिंह राज्यबाट नजरबन्दमा परेका बेला केशव स्थापित प्रतिगनकारी सरकारको मेयर बनेका थिए । त्यसकारण पनि सिर्जना सिंहको प्रतिस्पर्धी स्थापित हुन सक्दैनन्,’ –भनेका थिए ।

कार्यक्रम सञ्चालक वरिष्ठ लेखक तथा साहित्यकार अशेष मल्लले ‘काठमाडौं कला, साहित्य, संस्ककार, संस्कृति, मठमन्दिर र पर्यटकीय दृष्टिले भरिपूर्ण सहर भएकाले काठमाडौं महानगरको मेयर सालिन, सभ्य र योग्य नेतृ सिर्जना सिंह हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको स्वागत नेविसंघ नेतृत्व तथा समाजसेवी शारदा लामाले गरेकी लिइन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com