मंसिर ११, २०७९ आइतबार । November 27, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । ललितपुरको भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती (३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका (३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड भएको हो ।

कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनको दाबी छ । उनी भन्छन्, ‘गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।’

खड्काले गाडी झण्डा पनि निकालेर फ्याकिएको बताए । उनले भने,‘साँझ ७बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।’निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए ।

उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको उनले बताए ।कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com