जेष्ठ २५, २०८० बिहिबार । June 8, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाख अर्थात् स्थानीय तहको निर्वाचनको मतदानको दिन बिदा दिन निजी क्षेत्रलाई आग्रह गरेको छ ।सरकारले भने सार्वजनिक बिदाको निर्णय गरिसकेको छ ।

स्थानीय तह निर्वाचनमा सबै मतदाताको मताधिकार सुनिश्चित गर्न भन्दै आयोगले उक्त दिन निजी क्षेत्र, विभिन्न संघसंस्था, निकाय, गैरसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी लगायतलाई बिदा दिन आग्रह गरेको हो ।

२५ वैशाखको मन्त्रिपरिषद् बैठकले देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com