काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाएकी भरत्तोलन खेलाडी सञ्जु चौधरी झुण्डिएको अवस्थामा मृत भेटिएकी छिन् । सोमबार बेलुका भोजमा सहभागी भएकी चौधरी मंगलबार बिहान ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं। ९ स्थित प्रशिक्षक सञ्जय महर्जनको घरमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहका अनुसार सञ्जु सुतेको ढोका भित्रबाट चुक्कुल लगाइएको र झ्यालमा ग्रिल लगाइएको अवस्थामा भेटिएको हुँदा प्रारम्भिक अनुसन्धानले आत्महत्या गरेको देखाएको छ ।
बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जु १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणका क्रममा काठमाडौंमा थिइन् । एसियाली खेलकुदको तयारीका लागि उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।
प्रतिक्रिया