मंसिर १५, २०८० शुक्रबार । December 1, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गरी जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।चुनाव प्रचारको मिति सकिनै लाग्दा उम्मेदवार मतदाता आकर्षित गर्न सेवा सुविधासम्म नलिने घोषणा गर्न थालेका हुन ।

स्थानीय तहका जनप्रतिनिधिले सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा पाउने गरेका छन् । यस आधारमा दिइने सेवा सुविधा नखाने घोषणा गरी केही दलका उम्मेदवारले चुनावमा उम्मेदवार दिएका छन् । सेवा सुविधा नलिने घोषणा गर्नेमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवार छन् । भीमदत्त नगरपालिकामा कांग्रेसका तीन वडाध्यक्षका उम्मेदवारले सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

जिल्ला सदरमुकाम बाहिर बेलडाँडी गाउँपालिकामा नेकपा ९एमाले० का वडाध्यक्षका उम्मेदवार दीपेन्द्र धामीले पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । उहाँले सेवा सुविधाबापत पाउने रकम विपन्न परिवारका लागि खर्च गर्ने घोषणा गरेका छन् ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवार आशेफ कुँवर, भूपेन्द्र रावल र प्रकाश थापाले सेवा सुविधा नलिने घोषणा गरेका छन् । उहाँहरुमध्ये भीनपा–१ मा अघिल्लो निर्वाचतमा निर्वाचित कुँवर फेरि दोहोरिएका छन् । रावल र थापा पहिलोपटक चुनावी मैदानमा छन् ।

अघिल्लो कार्यकालमा निर्वाचित कुँवरले आफूले पाउने सेवा सुविधा ज्येष्ठ नागरिकलाई वितरण गर्नुभएको थियो । भीनपा–१२ मा रावलले सेवा सुविधाबाट कोष खडा गरी विपन्न, दलित, विद्यार्थीको स्कुल ड्रेस, सुत्केरी महिला तथा एकल वृद्धवृद्धामा खर्च गर्ने घोषणा गरेका छन्

सेवा सुविधा नलिनेमा नेकपा ९माओवादी केन्द्र०बाट भीनपा–३ का अध्यक्षका उम्मेदवार उपेन्द्रबहादुर कुँवर पनि छन् । माओवादीको प्रदेश सल्लाहकार कमिटी सदस्य उहाँले सेवा सुविधाबापत पाउने रकमबाट कोष बनाएर वडाका गरिब विपन्न दलित समुदायको उत्थानमा खर्च गर्ने घोषण गरेका छन् ।

शुक्लाफाँटा नगरपालिका–३ बाट एमालेबाट उम्मेदवार बनेका कपेन्द्र बमले समेत थारु मतदाता आकर्षित गर्नका लागि नगरपालिकाबाट पाइने सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com