आश्विन ५, २०८० शुक्रबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

घनश्याम गिरि, निवर्तमान नगरप्रमुख, चन्द्रागिरि नगरपालिका, काठमाडौं

शिक्षण पेशाबाट कांग्रेस पार्टी राजनीतिमा उदाएका नेता हुन् घनश्याम गिरि । काठमाडौंका रैथाने गिरि कुशल नेता, असल अभिभावक, विकास प्रेमी र समाजसेवीका चिनिन्छन् । जनताका जल्दाबल्दा समस्याप्रति सधैं आवाज बुलन्द गर्ने उनी स्वच्छ छवि, सिद्धान्त निष्ट र स्वष्ट वक्ता मानिन्छन् । शिक्षण पेशाहुँदै नगरप्रमुखसम्मको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका गिरि भ्रष्टाचारविरुद्ध खरो उत्रने व्यक्तिका रुपमा चिनिन्छन् । सधैं सुशासनका पक्षमा उभिने गिरि गरीव, निमुखा र आवाजबिहीनको पक्षमा वकालन गर्ने व्यक्ति हुन् । यी र यस्ता गुणले भरिपूर्ण गिरिले आगामी ३० गते हुने निर्वाचनमा आफूलाई पुनः नगरप्रमुखको रुपमा उभ्याएका छन् । स्थानीय निर्वाचनमा केन्द्रित रहेर सुरेश शिवाकोटीले उनै गिरिसँग गरेको कुराकानीमा आधारित अंश :

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचिन नजिकिँदै गर्दा पार्टी र उम्मेदवारहरु चखिला नारा र राम्रा–राम्रा योजना लिएर चुनावी मैदानमा उत्रिएका छन् । त्यसै मेसोमा चन्द्रागिरि नगरपाकिलाकाका निवर्तमान नगर प्रमुख घनश्याम गिरीले पनि पुनः सोही पदमा उम्मेदवारी दिएका छन् । यसपालि नेपाली कांग्रेसले पहिलो कार्यकालमा विवादरहित काम गरी जनतासामु राम्रो छवि बनाएकालाई पुनः उम्मेदवार बनाएको छ । त्यसै मेसोमा उत्कृष्टमध्ये गिरि पनि एक हुन् । गिरीलाई तपाईंको उम्मेदवारी किन र भावी योजना के छन् भन्ने प्रश्न गर्दा उनी भन्छन्, ‘म यस नगरपालिकाको निवर्तमान मेयर हुँ । पुनः मेयरकै लागि उठेको छु । २०७४ सालको स्थानीय निर्वाचनमा यहाँका नगरवासीहरुले मलाई नगरप्रमुखमा निर्वाचित गराउनुभएको थियो । म यस नगरपालिकामा प्रवेश गर्दा लगभग सून्य अवस्थामा रहेको थियो । यहाँ न कुनै पुँजीको व्यवस्था थियो, न कुनै कर्मचारी थिए, न कुनै प्रशासनिक भवनकै व्यवस्था थियो, सुविधाजनक म्याजोरेटी पनि थिएन । स्थानीय कानुनको व्यवस्था थिएन ।’

यी याबत समस्याका बाबजुद पनि विगत पाँच वर्षमा चन्द्रागिरी नगरपालिकामा सफलतापूर्वक कार्यसम्पादन गरेको गिरी बताउँछ । तत्कालीन अवस्थाका सम्पूर्ण जनप्रतिनिधि साथीहरु, कर्मचारीहरु, नगरपालिकाभित्र रहेका वकिल, शिक्षक, प्राध्यापक, कृषक, उद्योगी, व्यवसायीलगायत सबैको सहकार्य, सहमति र एकताले त्यो सफलता मिलेको गिरीको ठम्याईं छ ।

गिरी आफ्नो कार्यकालमा काठमाडौंको कलात्मक मौलिक संस्कृति झल्कने करिव २५ करोडको लागतमा ७ रोपनी जग्गामा नगरपालिकाको आफ्नै भवन निर्माण गरिएको बताउँछन् । त्यसैगरी चन्द्रागिरिलाई डिजिटल सिटी बनाउने पनि प्रतिवद्धता जनाएका छन् । नगरपालिकाका सबै वडामा रहेका स्वास्थ्य संस्थाको स्तरीकरण गर्दै र नभएका ठाउँमा स्थापन गर्दै अगाडि बढ्ने बताउँछन् । नगरपालिकामा अस्पताल भबन बनाउन सफल भइसकेको गिरिले बताए । उक्त अस्पतालमा इको, इसीजी, भिडियो एक्सरेलगायतका सम्पूर्ण सेवाहरु २४ घण्टे उपलब्ध भएको उनको दावी छ ।

त्यसैगरी शिक्षा क्षेत्रमा नगरपालिकाभित्रका लगभग २२ वटा विद्यालयका भौतिक पूर्वाधार सम्पन्न गरिसकेको बताए । अन्य विद्यालयहरुमा थप सेवा उपलब्ध गराउन पहल गरेको बताउँछन् । एउटा विद्यालयमा कम्प्युटर इन्जिनियरिङ र अर्कोमा सिभिल इन्जिनियरिङ शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएका बताएं । अन्य विद्यालयहरुमा कृषि, होटेल म्यानेजमेन्टलगायतका टेक्निकल विषयमा पनि पढाउने व्यवस्था गरेको गिरिले बताए ।

यातायातको क्षेत्रमा नाकढुंगा सडकलाई पनि स्तरीकरण र व्यवस्थापनमा सहजीकरण गरी सीसीक्यामेरा, सडक बत्तीलगायतका व्यवस्थापन गरेको उनको भनाइ छ । त्यस्तै नगरपालिकाभित्र पर्ने सम्पूर्ण टोलमा सडक विस्तार, ढलान र फराकिलो बनाउने काम गरिसकेको उनको दावी छ । त्यसैगरी खानेपाली र ढल व्यवस्थापन गरिसकेको उनले बताए । नागढुंगा सडकलाई पनि सहजीकरण गरी सीसीक्यामेरा, सडक बत्तीलगायतको व्यवस्था गरिसकेको उनको दावी छ । त्यसैगरी धार्मिक, सांस्कृतिक महत्वका मठमन्दि, धाराहरु, पाटीपौवाहरु, पौराणिक र ऐतिहासिक धाराकुवाको जिर्णोद्वार गरी व्यवस्थित गरेको बताए । त्यसका अलावा अन्य मन्दिरहरु निर्माण गर्ने काम पनि भइसकेको उनको दावी छ ।

नगरभित्र रहेका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, भेषभुषा, बाजागाजा, चाडपर्वलगायतमा आवश्यक सहजीकरण गरी बाँसुरीबाजा, धिमेबाजा, नौमतिबाजा, पञ्चेबाजा, खैजडीबाजालगायत हाम्रा पूर्खाहरुले परापूर्वकालदेखि चलाउँदै आएका ऐतिहासिक विषयको प्रवद्र्धन, सम्वद्र्धन एवं जगेर्ना गर्ने गिरिले प्रतिवद्धता जनाएका छन् । त्यस्तै खानेपानीको क्षेत्रमा बस्तीहरुमा कम्तिमा पनि एकघर, एकधाराको व्यवस्था गरेको प्रष्ट पारे । कतिपय ठाउँहरुमा अझै पनि खानेपानीको अभाव रहेको र त्यसको परिपूर्तिको लागिपरेको उनी बताउँछन् ।

नगरपालिकाको कार्यसम्पादनलाई डिजिटल सिस्टममा लैजानको लागि पनि तयारी भएको बताएका छन् । डिजिटल प्रणाली लागु भइसकेपछि सबै नगरवासीहरुले घरमै बसेर आवश्यक सेवा लिन सक्ने उनले बताए । विगत पाँच वर्षे कार्यकालमा सम्पन्न गर्न बाँकी रहेका र नयाँ योजनामा रहेका काम पुरा गर्न आफूले पुनः उम्मेदवारी दिएको गिरिको भनाइ छ ।
अबको पाँच वर्षमा चन्द्रागिरि नेपालकै पहिलो डिजिटल सिटी बन्ने उनको दाबी छ । नगरपालिकाभित्र कृषि बजारको स्थापना गरिने र शीत भण्डारको समेत व्यवस्था मिलाइने गिरीको प्रतिवद्धता छ ।

त्यस्तै नगरवासीको घरमै स्वास्थ्य सेवालाई लागू गरिने, थानकोटमा सञ्चालित नगर अस्पतालको स्तरोन्नतिका लागि अत्याधुनिक अस्पताल भवन निर्माण सम्पन्न गरी प्रसूति उपलब्ध गराउने जनाए । ज्येष्ठ नागरिक र लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य सेवा तथा आवश्यक औषधि उपलब्ध गराउने पनि गिरिले जनाएका छन् । त्यस्तै सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशालाको व्यवस्था गर्ने ।

यस नगरभित्र रहेका २४ वटा सामुदायिक विद्यालयमध्ये २२ वटामा भूकम्प प्रतिरोधि भवन निर्माण सम्पन्न गरिसकेको र २ वटाको निर्माण भइरहेको रहेको गिरी बताउँछन् । त्यस्तै शिक्षकहरुको क्षमता अभिवृद्वि एवम् वृत्ति विकासका लागि विभिन्न तालीम, प्रशिक्षण, गोष्ठी लगायतका कार्यक्रम सञ्चालन गरिएको गिरीको दावी छ । सामुदायिक विद्यालयहरुमा बहुउपयोगी प्राविधिक शिक्षा (कृषि, इञ्जिनियरिङ) अन्तर्गत कक्षा ९ देखि १२ सम्म कार्यक्रम सञ्चालन गर्न आवश्यक सहयोग गरिएको उनको दावी छ ।

त्यसैगरी उनले चन्द्रागिरि नगरपालिका वडा नं ६, ८ र १२ मा आयुर्वेदिक सेवा सुचारु गरिएको बताए । साथै सोही अन्तर्गत वडा नं ८ मा आफ्नै आयुर्वेदिक औषधालय भवन निर्माण गरी उत्कृष्ट आयुर्वेदिक सेवा सञ्चालनमा ल्याइएको उनले बताए । सुरुङमार्ग आयोजनाको सहयोगमा चन्द्रागिरि १ र २ (सुरुङमार्ग प्रभावित क्षेत्र)मा खानेपानी व्यवस्था गरिएको र सो अन्तर्गत वडा नं २ का प्रभावित वासिन्दाहरुको घरघरमा खानेपानी पु-याउने उद्देश्यले रु.१४ करोडको लगानीमा खानेपानी आयोजनाको योजना सम्पन्न गरिएको गिरी बताउन्छन् । उज्यालो चन्द्रागिरि अभियान अन्तर्गत अधिकांश सडकहरुमा बत्तीहरु जडान गरिएको । कलंङ्की–नागढुङ्गा राजमार्गमा बत्तीको व्यवस्था गरिएको छ ।

धुलो र हिलोमुक्त सहर बनाउने गिरीले बताए । त्यसैगरी स्थानीय नगर वासीहरुसँग समन्वय गरि कलंङ्की– नागढुङ्गा पिपलामोडसम्म सडक विस्तारमा सहजता प्रदान गरिएको र सो सडकको बीचमा हरियाली कायम गर्न वृक्षारोपण, तारजाली राखिएको तथा सडक सरसफाई दैनिक रुपमा गर्ने गरिएको प्रष्ट्याए । नगरभित्रका प्रमुख सडकहरु बाडभञ्ज्याङ– मसिने सडक विस्तार तथा सुधारमा सहजीकरण गर्ने । गुर्जुधारा– बलम्बु, सिर्जनाचोक सडक ढलान र विस्तार, सिप्रदी– शिक्षा क्याम्पस हुँदै बिष्णुदेवी सडक सुधार, सतुगंल– मातातीर्थ –बौथली चोक बाटो सुधार तथा व्यवस्थित, –भकुण्डे चौर– ढाक्सी– मच्छेगाउँ –चुनदेवी बाटो सुधारका गरिने र प्रदेश सरकारको सहयोगमा निर्माणाधीन थानकोट –चित्लाङ सडक निर्माणमा सहजीकरण गरिने पनि गिरिले बताए ।

त्यस्तै नगरपालिका भित्रका मुख्य उद्यानहरु जस्तै भिराडिल, मदन भण्डारी, मातातीर्थ, थानकोट, मच्छेगाउँ बलम्बु लगायत सबै वडाहरुमा उद्यानहरुको निर्माण गरिएको, पुराना उद्यानहरु मर्मत गरिएको र बाँकी उद्यानहरु निर्माणको क्रममा रहेको पनि गिरिले बताउन भ्याए । त्यस्तै कृषकहरुका लागि निःशुल्क बीउविजन वितरण गरिएको साथै अनुदानमा आधारित पशुपालन व्यवस्थापन कार्यक्रम अन्तर्गत काउम्याट, प्रजनन्को चौपाया वितरण गरिएको बताए । युवालाई स्वरोजगारयुक्त बनाउन प्रोत्साहित गर्न अनुदान रकमको व्यवस्था गरिएको बताए ।

त्यस्तै नेपाल सरकारबाट पर्यटकीय रुपले महत्वपूर्ण सय गन्तव्य मध्येको एक चन्द्रागिरि नगरपालिकालाई घोषणा गरी पर्यटकीय पूर्वाधारको विकास गरेका बताउँछन् । आर्थिक क्षेत्रमा नगरपालिकाको पहलमा आन्तरिक श्रोतअन्तर्गत वार्षिक रु ७० करोड भन्दा बढी रकम सङ्कलन भएको गिरिले बताए । अर्को सुशासन एवम् सूचना मैत्री नगर बनाउने । स्थानीय सरकारका सबै निकायहरुबाट छिटो, छरितो, चुस्तदुरुस्त र पारदर्शी ढंगले गुणस्तरीय सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाउने गिरिले बताएका छन् । त्यस्तै व्यवसाय सञ्चालन गर्न चाहने नगरवासीहरुलाई आवश्यक तालीम, अनुदान, सामग्री प्रदान जनाएका छन् । यस नगरभित्र कृषि, पशुपालन, उद्योग, कलकारखाना, जडिबुटी उत्पादन, खानी सञ्चालन, पर्यटन प्रवद्र्धनका क्षेत्रमा उल्लेखनीय सम्भावना रहेकाले त्यस तर्फ युवाहरुलाई प्रोत्साहित गरिने गिरीको प्रतिवद्धता छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com