आश्विन ६, २०८० शनिबार । September 24, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । दोस्रो स्थानको मार्सेलीलाई आइतबार राति २(१ अन्तरले पराजित गर्दै पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले ११औँ पटक फ्रेन्च लिग वान फुटबलको उपाधि जितेको छ ।

शीर्ष स्थानमा १५ अंकको अग्रता बनाएको पीएसजीले ६ खेल अघि नै लिग उपाधी जितेको हो ।

जितसँगै पीएसजीले ३२ खेलबाट ७४ अंक बनाएको छ भने दोस्रो स्थानको मार्सेलीको ५९ अंक छ ।

खेलको १२औँ मिनेटमा नेयमारले गोल गर्दा पीएसजीले अग्रता दिलाए । डुजे अलेटाले ३१औँ मिनेटमा गोल गरेपछि मार्सेलीले बराबरी गोल गर्‍यो ।

पहिलो हाफको इन्जुरी समयमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै २(१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवैतर्फबाट कुनै गोल नभएपछि पीएसजी घरेलु मैदानमा उपाधि रक्षा गर्न सफल भयो ।

योसँगै यसै सिजन बार्सिलोनाबाट फ्रान्स झरेका स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च लिगको पहिलो उपाधि हात पारेका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com