चैत्र १३, २०८० मंगलबार । March 26, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । गायक विक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको लोकदोहोरी गीत ‘तिमी बिना हाँसेर हिड्न’को भिडियो सार्वजनिक भएको छ । गीतमा डा. शिव सुबेदीको शब्द तथा संगीत रहेको छ ।

२०६५ सालमा आएको ‘घामजस्तो चम्किलो जुन हुदैन’ गीत पछि शिवका गीत प्रायः लोकप्रिय बनेका छन् । शिव सुबेदीको युट्युब च्यानलबाट आएको यस गीत ’तिमी बिना हाँसेर हिड्न’का भिडियो निर्देशक बिनोद भण्डारी हुन् । भिडियोमा अनिल पौडेल र जुना गुरुङको अभिनय रहेको छ । गीतमा दुई वर्गका युवा–युवतीबीचको प्रेम, समाज र परिवारले गर्ने व्यवहार इत्यादिलाई समेटिएको छ ।

बाग्लुङ्ग जिल्लाको सुन्दर गाउँ निसिखोला गाउँपालिकामा छायांकन गरिएको भिडियोले गाउँघरको कथा देखाउँछ । नवराज उप्रेतीले छायांकन गरेको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । बिनोद बाजुरालीले गीतको एरेन्ज गरेका छन् ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com