मंसिर १६, २०७९ शुक्रबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका विष्णुगोपाल महर्जनले वडाअन्तर्गतका सडकहरूको ‘सडक अधिकार’ क्षेत्रभित्रका जग्गाहरूको लगत कट्टा गरी हाल साबिक गरिने बताए ।

हेटौंडा ५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षीय योजना तयार गरिने उनको भनाई छ ।

उनले हेटौंडा–२ को अव्यवस्थित भएको ढल व्यवस्थित गर्ने बताए । ‘खेलाडी उत्पादनका लागि तालिम तथा खेलकुद आयोजना गरिनेछ । साथै उपयुक्त स्थान भेटिएमा खुला व्यायामशाला निर्माण गरिनेछ,’ उनले भने ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com