चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । रुपन्देहीको महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालिले रेभा, एमडिआई ब्राण्डको ‘मिल्क ड्रिंक्स’ बजारमा ल्याएको छ ।

बुटवलमा स्थापना भएको उद्योगले आफ्ना उत्पादन नेपालभरि अधिकृत विक्रेतामार्फत बिक्री वितरण सुरु गरेको छ । यसै क्रममा उद्योगले शुक्रबारदेखि काठमाडौँमा पनि आफ्नो उत्पादनको बिक्री वितरण सुरु गरेको हो । पवित्र डेरी उद्योगको अर्को परियोजनाको रुपमा बुटवल उपमहानगरपालिका–१४ मा स्थापित महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालि विसं २०७८ चैतदेखि सञ्चालनमा आएको हो ।

उद्योगले स्वदेशमा नै गुणस्तरीय सामान उत्पादन गरी सर्वसुलभ दरमा उपभोक्तामाझ पु¥याउने लक्ष्य लिएको शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

डिलर भेटघाट ‘तगा प्रडक्ट लञ्च’ कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले स्वदेशी स्रोत साधनको उपयोग गरेर उद्योगले उत्पादन गरिरहेको बताउनुभयो । उहाँले नेपालमा उत्पादन हुने टिनको क्यानबाहेक अन्य सामग्री स्वदेशी नै प्रयोग गरेको र समग्र स्रोत साधनको परिचालनमा ८० प्रतिशत स्थानीय र २० प्रतिशत आयात गरी उद्योग सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल डेरी एशोसिएसन अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा अर्बौं रुपैयाँको दुग्धजन्य पदार्थ आयात गरेको उल्लेख गर्दै त्यस्ता चिजको आयात प्रतिस्थापन गर्न पनि यस्ता उद्योगको प्रवद्र्धन आवश्यक रहेको बताउनुभयो ।

बागमती प्रदेशका सुपर डिलर केशव मैनालीले विदेशी उत्पादनभन्दा महावलेश्वरको स्वदेशी उत्पादन उत्कृष्ट रहेको बताउनुभयो । कम्पनीका नेशलन सेल्स म्यानेजर ऋषि अधिकारीले कम्पनीले गुणस्तरलाई ध्यान दिँदै प्रडक्ट उत्पादन गरेको र यो उत्पादनले छोटो समयमा नै उपभोक्ताको मन जितेको बताउनुभयो ।

उद्योगले विसं २०७५ माघ १० गते स्ट्रलाइज बदाम मिल्क बनाउने उद्देश्यले रु २० करोडको लागानीमा बुटवल–१४ रुपन्देहीमा महावलेश्वर डेरी एण्ड वेभरेज इण्डष्ट्रिज प्रालि स्थापना गरेको हो । विसं २०७८ माघदेखि आफ्नो उत्पादन सुरु गरेको यस उद्योगले दैनिक दुई हजार लिटर दुग्ध प्रशोधन गर्दै १२ हजार क्यान बदाम मिल्क उत्पादन गर्दछ ।

हाल यस उद्योगमा ३० जनालाई प्रत्यक्षरुपमा रोजगारी दिँदै आएको छ । उद्योगसँग जोडिएका करिब ५०० किसान परिवारलाई प्रत्येक १५÷१५ दिनमा आफ्नो दूधको भुक्तानी दिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com