चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । झपाको मेचीनगर नगरपालिका–६ बाट प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ–७ मधुमल्लाका ३५ वर्षीय सुरेश लावती रहेका छन् ।

बिहीबार अपराह्न साढे १२ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लावतीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट लुपिजेसिक २७ एम्पुल, डाइजेपाम २७ एम्पुल र फेनारगन–२७ एम्पुल बरामद गरेको थियो ।

लागुऔषधसहित पक्राउ परेका लावतीको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com