आश्विन ६, २०८० शनिबार । September 23, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित



काठमाडौं । कोराना महामारीका बीच निर्माण गरिएको सिनेमा ‘आँधी तुफान २’को पोस्टरसहित रिलिज मिति घोषणा गरिएको छ । आगामी साउन २० बाट रिलिज हुने सिनेमाका सार्वजनिक पोस्टरमा सिनेमा मुख्य कलाकारलाई स्थान दिइएको छ ।

सस्पेन्स थ्रिलर सिनेमालाई व्यावसायीक रुपमा निर्माण गरिएको निर्माण टिमले जानकारी दिएको छ । लेडिज एक्शन सिनेमाले नारी शक्तिको काथा बोल्ने निर्माता तथा लेखक मौनता श्रेष्ठले बताए । २०६३ सालमा निर्माण भएको सुपरहिट सिनेमा आँधि तुफानको सिक्वेललाई यस पटक मदन घिमिरेले निर्देशन गरेका छन् ।

ओम साई भक्त मुभि प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा रवी गिरी, पुस्कर राउत, संचीत भण्डारी, आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, विन्दीया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, अची श्रेष्ठ, सुदीप आचार्य र बालकलाकार अरुण कालिराजको अभिनय रहेको छ ।

सिनेमामा सफल लेखक मौनता श्रेष्ठको कथा, पटकथा तथा संवाद, रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको कोरियोग्राफी, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको गीत रचना, प्रेम चुल्ठेको द्धन्द्व निर्देशन, सुवानी मोक्तान, विनुसा राई र अर्चन लिम्बुको स्वर र मन्दिल श्रेष्ठको सम्पादन रहेको छ ।

आरआर फिल्मस्ले नेपालभर वितरण गर्ने सिनोमामा सुनयमान श्रेष्ठको डविङ तथा मिक्सिङ, सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, रवी केसीको मेकअप, सम्राट थापाको पाश्र्व संगीत, मुख्य सहायक निर्देशक जीवन गौतम रहेका छन् ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com