चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले गठबन्धनका तर्फबाट स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । उनले पार्टीमा विवाद भएपनि चुनावमा लागिसकेपछि पार्टीको निर्णय मानेर जान आग्रह गरेका हुन् ।

गगनले चुनाव अघि र पछि पार्टीमा विवाद भइरहने भए पनि चुनावको समयमा पार्टीको निर्णय मानेर अघि बढ्नुपर्ने जिकिर गरे । ‘अझै दुई दिन समय रहेकाले स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई म फिर्ता लिन आग्रह गर्छु । तपाईहरुमाथि भएको अन्यायको हिसाब हुन्छ । अन्यायमा परेकाहरुलाई भोलिका दिनमा पार्टीले क्षतिपूर्ति दिनेछ’, उनले भने ।

काँग्रेस एक्लै चुनाव लड्दा र गठबन्धन बनाएर चुनाव लड्दा पनि अप्ठ्यारो भएको बताए । थापाले पार्टीभित्रै पार्टीको निर्णय उल्लंघन गरेको उजुरी पनि आएको र पार्टीको निर्णय विपरित काम गरेकालाई चुनावपछि कारबाही र दण्ड दिइने समेत बताए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com