माघ २०, २०७९ शुक्रबार । February 4, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

गलकोट । बागलुङको दश स्थानीय तहमा विभिन्न पदमा एक हजार १२६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । चार नगरपालिका, ६ गाउँपालिका र ८५ वडाका विभिन्न पदका लागि उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए ।

चार नगरपालिकामा प्रमुखका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपप्रमुखमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । छ गाउँपालिकामा अध्यक्षमा २५ तथा उपाध्यक्षमा २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै ८५ वडामा वडाध्यक्षमा २६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महिला सदस्यका लागि १७५, दलित महिला सदस्यका लागि १६९ र सदस्यमा ४०९ जनाले उम्मेदवारी दर्ता गराएको न्यौपानेले जानकारी दिए ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com