जेष्ठ २३, २०८० मंगलबार । June 7, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

बुटवल । बुटवल उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस बुटवल नगर सभापति समेत रहेका उनले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्नुअघि नगरप्रमुखका उम्मेदवार पाण्डेले आफु निर्वाचित भएपछि बुटवलको सडकलाई व्यवस्थित र ट्राफिक जामलाई कम गर्न बाइपास सडक बनाउने, उपमहानगरपालिकाका साना व्यवसायीहरूलाई समेत बोझ बनाइएको चर्को करलाई हटाउने आफ्नो मुख्य एजेण्डा रहेको बताए ।

गठबन्धनभित्रकै एउटा दल जनता समाजवादी पार्टीले भने आइतबार नै मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएको थियो ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाको उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । बुटवलमा नेकपा एसको भागमा उपमेयर परेको थियो ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com