मंसिर १६, २०७९ शुक्रबार । December 3, 2022

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर, उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरूमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ । सोमबार निर्वाचन अधिकृतको कार्यालय हेटौंडामा बाजागाजा र र्‍यालीसहित पुगेर उम्मेदवारी दर्ता गराएको हो ।

एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा अनन्त पौडेल र उपमेयरमा सुमित्रा काफ्लेले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेको तर्फबाट मेयरमा उम्मेदवारी दिएका पौडेलको प्रस्तावकमा वर्तमान मेयर हरिबहादुर महत तथा समर्थकमा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल रहेका छन् ।

त्यसैगरी उपमेयर काफ्लेको प्रस्तावकमा एमाले नेतृ आरती पाठक तथा समर्थकमा सीता विष्ट छन् । एमालेले हेटौंडामा रहेको १९ वटै वडाका वडा अध्यक्ष र वडा सदस्यहरुको पनि उम्मेदवारी दर्ता गराएको छ ।

मनोनयन दर्तापछि बोल्दै मेयरका उम्मेदवार पौडेलले गठबन्धनले अस्थिरता ल्याउने भएकाले आम मतदाताले गठबन्धनको विरुद्धमा मतदान गर्ने दावी गरे ।

‘हेटौंडाको १९ वटै वडालाई समानुपातिक विकास गरेर उपमहानगरपालिकालाई महानगरको रुपमा विकास गर्न पहलकदमी अगाडि बढाउने छौं ,’ उनले भने ।

©2022 sakurakhabar.com All rights reserved. | Website by Appharu.com