चैत्र १२, २०८० सोमबार । March 25, 2024

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

रोम । इटालीमा फेरि कोभिड संक्रमण तीव्र फैलिएको फैलिन थालेको छ । शनिबार एकै दिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् । कोभिडका कारण १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो ।

सन् २०२० को फेब्रुवरीमा कोभिड महामारी फैलिएपछि इटालीमा कोभिडका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ ।

युरोपमा बेलायतपछि इटालीमा कोभिडका कारण धेरै मानिसहरूको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोभिडबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोभिडका कारण शनिबार ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए ।

©2024 sakurakhabar.com All rights reserved. | Website by Appharu.com