जेष्ठ १५, २०८० सोमबार । May 29, 2023

साकुरा मल्टि मिडिया हाउस द्वारा संचालित

दक्षिण अफ्रिकाका डेभिड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरात टाइटन्सले इन्डिय प्रिमियर लिग (आईपीएल) २०२२ मा आइतबार चेन्नई सुपर किंग्समाथि रोमाञ्चक तीन विकेटको जित दर्ता गरेको छ । मिलरले उत्कृष्ट ब्याटिङ गर्दै ५१ बलमा ९४ रन बनाए ।

जितका लागि १ सय ७० रनको लक्ष्य पछ्याइरहेको गुजरात एक समय चार विकेट गुमाएर ८४ रनको स्थितिमा थियो । यस्तोमा मिलरले छैटौं विकेटका लागि ४० रन बनाएका अफगानिस्तानका रसिद खानसँग ७० रनको साझेदारी गरे ।

त्यस प्रदर्शनको मद्दतले गुजरात एक बलको खेल बाँकी छँदै जितसम्म पुग्न सफल रह्यो । चोटग्रस्त हार्दिक पान्ड्याको स्थानमा कप्तानी गरिरहेका रसिदले क्रिस जोर्डनको १८ औं ओभरमा २५ रन जोडे ।

यसक्रममा उनले तीन छक्का र एक चौका प्रहार गरे । मिलरले भने ५१ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । यो जितपछि १० अंकमा लिग तालिकाको शीर्ष स्थानमा पनि उक्लेको छ ।

©2023 sakurakhabar.com All rights reserved. | Website by Appharu.com